नेपाल भरिका मेडिकल कलेजका विद्यार्थीहरु “राष्ट्रव्यापी न्यानो कपडा दान" अभियानमा



Download our app to get more features
Spark_health_home Happy new year 2021

काठमाडौं, २६ पुस । नेपाल भरिका मेडिकल कलेजका विद्यार्थीहरु “राष्ट्रव्यापी न्यानो कपडा दान अभियान” मा जुटेका छन् ।

अभियान अन्तर्गत शनिवार काठमाडौंको बल्खु बस्ती जागरण टोलमा ५ सय घरधुरीका झन्डै २ हजार सर्वसाधारणलाई न्यानो कपडा दान गरिएको छ । 

कठ्याँग्रिदो जाडोमा न्यानो बाड्नु पर्ने भन्दै १५ वर्ष उमेरदेखि ५० वर्ष र ५० वर्ष उमेर कटेका महिला र पुरुषलाई वितरण गरिएको हो । 

कार्यक्रम संयोजक तथा सञ्चालक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी कृष्ण बहादुर चन्द सोडारी तथा स्टुडेन्ट नेटवर्क अर्गनाइजेसन नेपालका (सेक्रेटरी) रहेका छन् । 

“न्यानो बाँडौ, खुसी बाँडौ” नाराका साथ सुरु गरिएको अभियान अब देशका दुर्गम ठाउँहरुमा सञ्चालन गरिनेछ भने स्वास्थ्य शिविरको पनि आयोजना गरिनेछ ।

अभियानमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडांै मेडिकल कलेज, नेपाल मेडिकल कलेज, उपत्यका बाहिरका    लुम्बिनी मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज लगायतका रहेका छन् भने क्लब तथा संस्थाहरुमा ब्रिज रक्तदान तथा आकस्मिक प्रतिक्रिया समिति, स्टुडेन्ट नेटवर्क अर्गनाइजेसन नेपाल, लियो क्लब अफ काठमाडौं अम्पायर, पहिलो पाइला नेपाल लगायतका रहेका छन् ।

Hamro Doctor
Last modified on 2021-01-10 06:45:17

Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts