विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो, १९ लाख ३४ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, २६ पुस । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ करोड नाघेको छ । 

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर थप ७ लाख ७ हजार ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या ९ करोड ७७ हजार ४ सय ४६ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो समय विश्वभर एकैदिन थपिने कोरोना संक्रमितको संख्या गर्मी मौसमको भन्दा बढी छ । संगठनसहित विश्वका विभिन्न वैज्ञानिकहरुले जाडो मौसममा कोरोनाको दर फेरि बढ्ने चेतावनी दिएका थिए ।

यस्तै पछिल्लो २४ घन्टामा विश्वभर १२ हजार २ सय ४९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ लाख ३४ हजार ८ सय १३ पुगेको छ ।

यस्तै हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये झन्डै ६ करोड ४४ लाख ६३ हजार ३ सय ५९ जना स्वस्थ भइसकेका छन् भने हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ३६ लाख ७९ हजार २ सय ७४ रहेको छ ।

गत २४ घन्टामा विश्वभर थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा २ लाख ३६ हजार २ सय २७ रहेका छन् भने ३ हजार १ सय १२ जनाको मृत्यु भएको छ । यस्तै भारतमा पछिल्लो २४ घन्टामा १८ हजार ८ सय १३ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय १३ जनाको मृत्यु भएको छ ।

यस्तै गत २४ घन्टामा बेलायतमा ५९ हजार ९ सय ३७, इटलीमा १९ हजार ९ सय ७८, ब्राजिलमा ६० हजार ७८, जर्मनीमा १९ हजार १ सय ८९, रुसमा २३ हजार ३ सय ९, फ्रान्समा २० हजार १ सय १७ नयाँ संक्रमित थपिएका छन् ।

Last modified on 2021-01-10 18:30:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts