नेपालमा कोरोनाका कारण मृत्यु हुने दर शून्य दशमलव ६ प्रतिशतः सबैभन्दा धेरै बागमति प्रदेशमा

यस्तो छ देशभर कोरोनाको अवस्था



Download our app to get more features

काठमाडौं, ९ मंसिर । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको दर पछिल्लो समय औसतमा दैनिक १५ देखि २० का दरले थपिँदै गएका छन् ।

सोमवारसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर शून्य दशमलव ६ प्रतिशत पुगेको छ । हुन त यो दर कुल संक्रमितको दर अनुसार निकै न्यून हो । तर, कोरोना महामारीको सुरुवाति क्रममा भन्दा पछिल्लो समय यो दर बढ्दै गएको र अवस्था झन् भयावह हुन सक्ने चिकित्सकहरु बताउँछन् । 

प्रदेशगत अनुसार हेर्ने हो भने हालसम्म कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु बागमति प्रदेशमा भएको छ । मन्त्रालयका अनुसार बागमति प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ६ सय ५७ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार सोमवारसम्म यस्तो छ देशभर कोरोना संक्रमणका कारण मृत्यु, संक्रमित र उपचाररतको अवस्थाः


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts