काठमाडौंका प्रजिअ दाहाललाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, १३ कात्तिक । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ।

टाउको दुखेपछि उनले पिसिआर परीक्षणका लागि स्वाब दिएको र आज रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका छन्।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो।

दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्।

उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts