काेराेना संक्रमित तनहुँकी ३३ वर्षीया गर्भवतीकाे चितवनमा मृत्यु



Download our app to get more features

चितवन, ६ कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना काेराेना भाइरस (काेभिड-१९) संक्रमित महिलाकाे मृत्यु भएकाे छ ।

तनहुँ जिल्लाकाे शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटाैंडा-५  बस्ने ३३ वर्षीया गर्भवती महिलाकाे बिहीवार बिहान ६ः१५ बजे मृत्यु भएकाे भरतपुर अस्पतालले जनाएकाे छ । 

उनी खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत असाेज ३० अस्पताल भर्ना भएकी थिईन् । उनमा साेहि दिन नै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि बुधवार काेभिड आईसियूमा राखेर भेन्टिलेटरकाे सहायताले उपचार गरिएकाे थियाे । उनकाे त्यही उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

उनी ३७ हप्ताको गर्भवती थिईन् । अस्पतालका अनुसार उनमा निमाेनियासँगै शरीरमा अक्सिजनकाे मात्रा कम भएकाे थियाे ।

Last modified on 2020-10-22 08:50:05

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts