थोरै असावधानी गर्दा निमोनियाले बिरामीको ज्यानै लिन्छ, जाडोमा यसरी गरौं ख्याल



Download our app to get more features

दशैं सकिएसँगै चिसो मौसमको स्वागत काठमाडौं उपत्यका सहित अन्य स्थानमा पनि भइसकेको छ । तराईंसहितका भागमा पनि चिसो मौसम सुरु हुन थालेको छ । चिसो मौसम सुरु हुनासाथ विभिन्न रोगको सङ्क्रमण हुन सक्ने सम्भावना बढी हुने भएकाले विशेष सावधानी अपनाउन आवश्यक हुन्छ । 

वर्तमान परिस्थितिमा त कोरोना महामारीको पनि जोखिम चिसोमा उच्च हुने सरोकारवाला निकायहरुले चेतावनी दिँदै आएका छन् । कोरोना संक्रमणले निमोनिया गराउने जोखिम हुनाले विशेषगरि वृद्धवृद्धाको विशेष ख्याल गर्नु आवश्यक हुन्छ । चिसो मौसममा निमोनिया हुने र कोरोना संक्रमणले पनि निमोनिया गराउने हुँदा झन् सतर्क र सावधान हुन आवश्यक छ । थोरै असावधानी गर्दा निमोनियाले वृद्धवृद्धाको ज्यानै लिने गरेको छ । त्यसमाथि कोरोना संक्रमणले जटिलता थप्ने हुँदा सतर्कता अपनाउनु आवश्यक हुन्छ । कोरोना र निमोनियाबाट वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने विषयमा जनरल फिजिसियन डा. त्रिलोकीनाथ गुप्ताको सुझाव यस्तो छ :- 

के हो निमोनिया ?
फोक्सोमा विभिन्न संक्रमण भएर लाग्ने रोग नै निमोनिया हो । धेरैको बुझाई छ की निमोनिया चिसोको कारणले मात्रै लाग्छ तर त्यसो होइन् । श्वासप्रश्वासका अंगमा जुनसुकै कारणले संक्रमण भए पनि निमोनिया हुन्छ । अर्को कुरा हामी सबैले बुझेका छौं, कोरोना संक्रमण भयो भने पनि त्यसले श्वासप्रश्वासमा समस्या गराउँछ, फोक्सो र छातिमा कोरोनाले सिधै संक्रमण गराउने हुँदा त्यसले निमोनियाका बिरामी वा निमोनिया गराएर पनि मानिसको मृत्यु हुन सक्ने जोखिम उच्च हुन्छ । 

संसारभर नै निमोनिया मानिसको मृत्युको एक प्रमुख कारण बनिरहेको बेला कोरोना संक्रमणले पनि निमोनिया गराएर मृत्यु हुने दरलाई उच्च बनाएको छ । निमोनिया सबै उमेरका मानिसमा हुन्छ । तर, पनि विशेष गरेर वृद्धवृद्धा, बालबालिका र दीर्घ रोगी वा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा निमोनियाले बढी दुःख दिन्छ । कोरोना संक्रमण पनि सबै उमेर समूहका व्यक्तिलाई हुने भएकाले यसबाट जोगिन विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

निमोनिया र कोरोना संक्रमण :
रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु । 
भाइरसले सिधै छातीमा संक्रमण गराउनु । 
खाना खादा सर्केर फोक्सोमा गयो भने पनि निमोनिया हुन सक्छ ।
लामो समय रुघा र सुक्खा खोकी लाग्नु । 

निमोनिया र कोरोनाका लक्षण मिल्दो जुल्दो :
छाती दुख्ने 
श्वास प्रश्वासमा समस्या हुने 
अत्याधिक ज्वरो आउने
खोकी लाग्ने (पहिलेदेखि नै खोकी लाग्ने समस्या छ भने अझ बढी लाग्ने) 
खाना खान मन लगाग्ने 
खकार आउने
खकारमा रगत देखिने 

यसरी अपनाऔं सावधानी :
स्वभावैले वृद्धवृद्धामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, सरसफाईमा त्यती ध्यान नदिने अन्य रोगले छिट्टै छुने हुन्छ । यस्तो अवस्थामा स्वयंं वृद्धा र उसका सहयोगी नै बढी सचेत हुनुपर्छ ।

कोरोनाले पनि अधिकांश वृद्धवृद्धामा नै संक्रमण गराउने हुनाले सावधानी अपनाउनु आवश्यक हुन्छ । विशेषगरि उनीहरुको रोगसँग लड्ने क्षमता कमजोर हुँदा कोरोना संक्रमणबाट जोगाउनुपर्छ । दीर्घरोगी र निमोनियाका बिरामीलाई कोरोनाको जोखिम उच्च हुने भएकाले विशेष सावधानी अपनाएर उनीहरुको ख्याल राख्नुपर्छ । कोरोनाले चिसो वा गर्मी भनेर बुझ्दैन यसले जुनसुकै मौसममा पनि संक्रमण गर्न सक्न छ । 

वृद्धवृद्धाको लागि निमोनियाविरुद्धको भ्याक्सिन पाइन्छ सो लगाउनु पर्छ । तर, कोरोना भाइरस विरुद्धको कुनैपनि खोप अहिलेसम्म बनि नसकेकाले जोखिम उच्च नै हुन्छ ।

चिसोबाट बँच्ने । 

न्यानोको कपडा लगाउनुको साथै चिसो खाना नखाने । (कपडा लगाउँदा पसिना आउन दिनुहुँदैन) 

स्वस्थ खाना खाने ।

रुघाखोकी लागेका व्यक्तिको नजिक नजाने ।

रुघाखोकी लामो समय लागे अस्पताल जानुपर्छ । 

धुलो धुँवाबाट बँच्ने ।

दम, सुगर, पे्रसर लगायतका दीर्घ रोगी भए उनीहरुले यस्ता रोगलाई नियन्त्रणमा राख्ने । साथै निमोनियाको भ्याक्सिन लगाउने । निमोनियालाई समयमै उपचार गरिएन भने मृत्यु समेत हुन सक्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts