दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु 



Download our app to get more features

दाङ, १३ कार्तिक । दाङमा बिहिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका वडा नं। १ भालुवाङ निवासी ६५ वर्षिय पुरुष रहेका छन् । 
कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आज उनको उनको मृत्यु भएको परिवारले जनाएका छन् । प्रेसर र सुगरका विरामी रहेका उनीलाई स्वास्थ्यमा समस्या आएपछि दशैको दिन बुटवल लगिएको थियो । 
कोरोना संक्रमण पुष्टि भएका उनलाई थप उपचारका लागि भेन्टिलेटको आवस्यक पर्ने भन्दै बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो । मृतक दाङका निमार्ण व्यवसायी हुन् । 
मृतकका परिवारको स्वाव शुक्रबार लिने तयारी भएरहेको राप्ती गाउँपालिकाले जनाएको छ । वडा नं ३ का एक जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि राप्ती गाउँपालिकाको कार्यालय, वडा नं १ र ३ को कार्यालय समेत कार्तिक १६ गतेसम्म बन्द रहेको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले बताए ।

Last modified on 2020-10-29 21:16:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts