काठमाडौं उपत्यकामा मात्रै १६१५ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १३ कात्तिक ।  गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ जना कोरोना संक्रमित थपिएका छन्।

एकै दिन २ हजार ३ सय ६४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय १५ जना संक्रमित भेटिएको हो । 

काठमाडौंमा १ हजार ३ सय ३८, भक्तपुरमा ९७ र ललितपुरमा १ सय ८० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ। 

गएको २४ घण्टामा २ हजार ३ सय ६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्। 

Last modified on 2020-10-29 18:28:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts