काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ९ असोज ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनालाई  कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९ सय ७४ पुगेको छ। काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९ सय १७ र भक्तपुरमा १ हजार ७ सय ९० संक्रमित पुगेका छन्। 

पछिल्लो २४ घन्टामा देशभर १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएकाछन् । 

डिस्चार्ज हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ। देशभर १८ हजार २ सय ९९ जना सक्रिय संक्रमित रहेको  मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts