चिकित्सा तर्फ स्नातकोत्तर तहको परीक्षाको सूचनामा कमजोरी भएको भन्दै सच्याउन गोदानको माग



Download our app to get more features

काठमाडौं, ७ असोज । सरकारी चिकित्सक संघ (गोदान) ले चिकित्सा शिक्षा आयोगले चिकित्सा विषयहरुको स्नातकोत्तर तहको परीक्षाको सूचनामा कमजोरी भएको भन्दै सच्याएर जारी गर्न माग गरेको छ । 

आयोगले नियमावलीप्रति संघ र सरोकारवालाको असहमति रहेको र आयोग समक्ष स्पष्ट रुपमा संघले वार्ता गरेपनि त्यसको उल्लघंन गर्दै अल्प व्याख्याहरु सहितको सूचना गरेकोमा ध्यानाकर्षण भएको बताएको छ ।

आयोग, स्वास्थ्य मन्त्रालय र यस संघबीच भएको बैठकमा सरकारी तर्फको ४० प्रतिशत स्थानको लागि मन्त्रालयले कार्यविधि निर्माण गरे पश्चात परीक्षाको सूचना जारी गर्ने निक्र्यौल भएको तर सबै छलफललाई लत्याउँदै, प्रत्यक्ष रुपले सम्बन्धीत मन्त्रालय समेतलाई गुमनाम राखी एकतर्फी रुपमा २०७७ साल भदौ ३१ गते सूचना जारी गरेकोमा संघले ध्यानाकर्षण भएको बताएको छ ।

संघले विज्ञप्ति जारी गर्दै एउटै स्तरको एउटै प्रवेश परीक्षा अनि एउटै कोटा भित्रको लागि फरक फरक सेवा सर्त हुनु, स्थायी चिकित्सकहरुको सेवा प्रवेशका बखत देखाइएको सरकारी शिक्षण संस्थामा स्नातकोत्तर अध्ययनको प्राथमिकता हटाइनु जस्ता विवेधकारी नियमतले राष्ट्रसेवक स्थायी चिकित्सकहरुलाई हतोत्साहित तुल्याइएको उल्लेख गरिएको छ ।

निहित स्वार्थ पूर्तिको उदेश्यले आयोगद्वारा नितिगत स्तरबाटै सरकारी सेवामा चिकित्सक नआउन् र समग्र राज्यको स्थायी स्वास्थ्य सेवा धरायासी होस भन्ने व्यवस्था संघलाई मान्य नरहेको र सच्याएर सूचना जारी गर्न आयोगलाई आग्रह गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts