काठमाडौं उपत्यकामा २३८८ जना नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ३ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ। 

देशका विभिन्न ल्याबमा गरिएको १५ हजार ७ सय १४ जनामा गरिएका पिसिआर टेस्टमा देशभर ३ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। 

पछिल्लो २४ घण्टामा २ हजार ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। नेपालमा डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ९४ हजार ५ सय १ पुगेको छ। 

आज देशभर ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts