काेराेना संक्रमण भएपछि कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. श्रेष्ठ अस्पताल भर्ना



Download our app to get more features

काठमाडौं, २३ असोज । कान्तिपुर डेन्टल कलेज तथा केडिसी जनरल अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि बुधवार पिसिआर परीक्षण गराएका डा. श्रेष्ठमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी केडिसी अस्पतालमा भर्ना भएका छन् । 

हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै डा. श्रेष्ठले अक्सिजन सपोर्टमा रहेको र उपचार भइरहेको जानकारी गराए ।

लामो समयदेखि रक्तचापको समस्या रहेको डा. श्रेष्ठ मधुमेहका पनि बिरामी हुन् । दीर्घ रोगीमा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले अस्पतालमा डाक्टरहरुको निगरानीमै रहेको पनि बताए ।

हाल उनलाई ज्वरो, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएको छ ।  

Last modified on 2020-10-09 09:42:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts