दुई औषधि उद्योगीको महासंघमा उम्मेद्वारी, कस्ता छन् एजेण्डा ?



Download our app to get more features

 काठमाडौं, ११ मंसिर । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा यतिबेला चुनावी माहोल तातिएको छ ।

महासंघकी अध्यक्ष भवानी राणाको कार्यकाल सकिन २ महिनामात्रै बाँकी छँदा महासंघमा चुनावी माहोल तातिएको हो । बिहीवारबाट सुरु महाधिवेशनमा विभिन्न व्यक्तिले नेतृत्वका लागि आफ्नो दावी अघि सारेका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थाअनुसार शेखर गोल्छा आगामी अध्यक्ष बन्ने पक्का छ । अध्यक्ष पक्का भएपनि अन्य पदहरुमा भने चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

गोल्छा स्वतः अध्यक्ष बनेपछि अर्को कार्यकालका लागि पनि विद्यमान व्यवस्था नै लागु हुनेछ । अर्थात् अहिले जो वरिष्ठ उपाध्यक्ष छ, उही (विधान संशोधन नभएको अवस्थामा) महासंघको २० औं अध्यक्ष बन्नेछ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभामार्फत् चयन हुने नयाँ कार्यसमितिका लागि १ सय २३ जनाको उम्मेदवारी परेको छ । महासंघको चुनावमा दुई प्यानल देखिएका छन् ।

जसअन्तर्गत चन्द्रप्रसाद ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठको, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एसोसिएटतर्फ रामचन्द्र सघाईको उम्मेदवारी परेको छ । यस्तै, किशोर प्रधानको समूहबाट वस्तुगततर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एसोसिएटतर्फ सौरभ ज्योतिको उम्मेदवारी परेको छ । निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार जिल्ला नगरतर्फको १८ पदका लागि ३८ जनाले उम्मेदवारी दिएका छन् ।

चुनावी प्रतिस्पर्धा :

 महासंघको चुनावमा ढकाललाई बलियो उम्मेदवार मानिएको छ । उनले जिल्ला र नगरमा राम्रो नेटवर्क बनाएको देखिन्छ । उनले आफ्नो नेटवर्कलाई नै जितको आधार मानेका छन् । अध्यक्ष प्रधानको पक्षमा खुलेपछि केही प्रभावशाली व्यवसायी प्रधानको पक्षमा देखिएका छन । यसले महासंघको चुनाव अझ रोचक हुँदैछ । दुवै पक्षले अहिले जिल्ला र नगरमा आफ्नो बहुमत रहेको दावी गर्दै आएका छन् ।

दुई औषधि उद्योगी चुनावी दौडमा :

दुई औषधि उद्योगीले पनि उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेशनका लागि उम्मेदवारी दर्ता गराएका छन् । चन्द्रप्रसाद ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ रहेका छन् भने शेखर गोल्छाको प्यानलबाट दिपक प्रसाद दाहाल सदस्यका उम्मेदवार रहेका छन् । दुबैैजना औषधि उत्पादक संघका पूर्व अध्यक्ष हुन् । तर, चुनावि मैदान भने दाहाल पहिलो पटक लड्दैछन् । श्रेष्ठ र दाहाल दुबै औषधि क्षेत्रका भएकाले दुवैले पहिलो प्राथमिकता औषधि आयातलाई रोक्नेमा जोड दिएका छन् ।

उमेशलाल श्रेष्ठ, उपाध्यक्षका उम्मेदवार

औषधि उद्योगीको रुपमा काम गर्न थालेको १४ वर्ष भयो । उद्योग वाणिज्य महासंघमा रहेर पनि १२/१३ वर्षदेखि काम गर्दै आएका छन् । अरुको समुहबाट आफ्नो आवाज बुलन्द गराउन नसकिने भएर अहिले आफ्नै समुह बनाएर काम गर्ने आश्वासन दिएका छन् । के के छन् एजेण्डा ?

१. अहिले सम्मको अनुभवले बन्द भएका औषधि उद्योग र व्यवसायहरू पुनःसञ्चालन गराउनमा केन्द्रित हुने ।

२. आम्दानी हुन नसकेको र दायित्व भने निरन्तर बढिरहेका कारण चरम आर्थिक घाटा व्यहोर्न बाध्य व्यवसायीहरूको हितमा सरकारले घोषणा गरेका पुर्नकर्जा लगायतका सुविधाका प्याकेजहरुको पहँुच वास्तविक पीडितसम्म पु¥याउने ।

३. व्यवहारिक ज्ञानका लागि साविक सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरुमा ‘इन्टर्नसीप’का लागि महासंघले समन्वय गर्ने

४. निकासी प्रवद्र्धनलाई दिइने नगद अनुदानलाई पारदर्शी र सहज बनाउन महासंघले सार्थक पहल गर्ने

५ . सरकार र निजी क्षेत्रको बिचमा पुलको काम गरेर देखाउने

तपाईंलाई विश्वास गर्ने आधार के छ ?

वस्तुगत संघ सस्थाको हकहितको लागि काम गरेर देखाउने छु । सरकारले कुनैपनि काम गर्नको लागि व्यवहारिक समस्या दिएको छ, त्यसलाई सुल्झाउन लागिपर्ने छु । अरुले काम गर्न मात्रै खोज्छन् तर मैले अहिले सम्म गरेर देखाउने गरेको छु।

यो पटक पनि सफल हुने छु । नेपालमा नै उत्पादन हुने औषधिको उत्पाद बढाएर आत्मा निर्भर बनाउने छु । गैरभन्सार अवरोधको अन्त्यका लागि छिमेकी मुलुकका प्रादेशिक सरकार तथा स्थानीय उद्योग वाणिज्य संघहरुस‘ग सम्बन्ध विस्तार गर्ने र नेपाल सरकारलाई आर्थिक कुटनीति प्रभावकारी बनाउन महासंघले सहयोग गर्ने छु ।

दिपक प्रसाद दाहाल, वस्तुगत तर्फ कार्यसमिति सदस्यका उम्मेदवार

औषधि उत्पादक संघका अध्यक्ष भएर लामो समय काम गरे । पहिलो पटक कार्यसमितिमा बसेर काम गर्न लागेका छन् । यो भन्दा अगाडि १३ वर्षदेखि औषधि उत्पादक संघको प्रतिनिधित्व गर्दै धेरै बैठकमा बसे र निर्णय गराउनमा सहयोगी भूमिका निर्वाह गरे । तर, बाहिरबाट मात्रै केही नहुने भएर पहिलो पटक कार्यसमितिमा उठेका हुन् । मैले गएर कायापलट चेन्ज गर्छु भन्दिन । तर मेरो एजेण्डा पुरा गरेर छोड्ने दृढ विश्वास छ ।

तपाईंलाई किन भोट हाल्ने ?

देशको आर्थिक सम्वृद्धि गर्ने पहिलो प्रथमिकता रहेको छ । यसभन्दा अगाडि जानेले विधान मिचेर काम गरे राजनीति खेल भयो काम हुन सकेन । अब यो पटक काम हुने छ । देशलाई औधोगिकरण गर्नको लागी जुन वस्तुमा आत्मा निर्भर गर्न सक्छौ त्यस्ता वस्तुको उत्पादनमा सरकारले आधारभुत संरक्षण दिनुपर्दछ । यो लागु गर्नछौं ।

नेपाल आफै आत्मा निर्भर हुन सक्ने खाघ्यन्नमा पनि बाहिर देशबाट ल्याउन परेको अबस्थाको अन्त्य गर्न लागिपर्छाैं । भारतबाट ल्याईने वस्तुमाः जुन वस्तु हामी आफै उत्पादन गर्न सक्छौ, त्यस्ता वस्तुको कच्चा पदार्थ मात्रै ल्याउनुपर्छ । त्यसले गर्दा नेपाली सामानले बजार पाउँछ ।

तपाईंलाई विश्वास गर्ने आधार के छ ?

१. जुन औषधि हामीले बनाइरहेका छौं, त्यस्तो औषधि भारतबाट ल्याउने होईन कच्चा पदार्थ मात्रै ल्याउने नीति कार्यन्वयन गछौं ।

२. एकवर्ष भित्रमा ७५ प्रतिशत औगषधिमा आत्मा निर्भर हुन्छौ । जुन अहिले ५० प्रतिशतको हाराहारीमा छ ।

३. कृिषमा मकै, धान, चामल सबै भारतबाट ल्याउनु परेको छ । त्यसको लागि हामीले तीनलाख हेक्टरमा एक वाली मात्रै लगायौं भने नि त्यसको आयात रोकिन्छ । यो तत्काल लागु गर्नेछौं ।

४. सरकार, ब्युरोक्रयासी र निजी क्षेत्र अलग अलग बाटोमा हिडेर नभएको काम अब गरेर देखाउँछौं ।

५. अहिलेसम्मको ठूलाठूला काम नीजि क्षेत्रले नै गरेको हुनाले सरकारको साथ र भिजन लिएर नतिजा छिट्टै देखाउने छौं ।

Last modified on 2020-11-26 16:38:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts