मेडिकल काउन्सिलका उपाध्यक्ष पौडेल भन्छन् : म राजनीति गर्नलाई काउन्सिलमा आएको होइन



Download our app to get more features

काठमाडौं,१५ पुस । केहि समय अगाडी नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा भएको निर्वाचनबाट डा.शिबजी पौडेल निर्वाचित भए । पौडेलले नेपाल चिकित्सक सङ्घमा समेत काम गरिसकेका छन् । उनले यसअघि काउन्सिलको दुई कार्यकाल सदस्यमा रहरे काम गरिसकेका छन् । उपाध्यक्षमा निर्वाचित भएपछि अबको योजना र मेडिकल काउन्सिलको विषयमा पौडेलसँग गरिएको यो कुराकानिको सम्पादित अंश :

काउन्सिलको उपाध्यक्षमा जित्दा कस्तो महसुस गर्नुभयो ?

आफूले जित्दा खुशी हुनु स्वभाविक नै हो,खुशी लागेको छ । चुनावी मैदानमा उत्रेको यो मेरो पाचौं पटक हो । निर्वाचनबाट नै उपाध्यक्ष हुन् पाउनु मेरा लागि गर्वको विषय बनेको छ । 

चिकित्सक साथिहरूले विश्वासका साथ मलाई जिताउनु भएको छ,त्यसले मलाई जिम्मेवारीबोध गराएको छ । 

बाहिर बस्दा र काउन्सिलमा बसेर काम गर्दा के फरक हुँदो रहेछ ?

बाहिर बसेर कुरा गर्दा धेरै ऐजेण्डा बाहेकका कुराहरू पनि भइरहेका हुन्छन् । तर, काउन्सिलमा बसेर काम गर्दा एउटा सिमा हुन्छ । ऐन र नियमावलीले दिएको क्षेत्रअधिकार भित्र रहेर काम गनुपर्ने हुन्छ । 

बाहिर बसेर हेर्दा धेरै अपेक्षाहरू धेरै हुन्छन्,त्यो हुनु स्वभाविक हो । काउन्सिल भित्र आएपछि काउन्सिलले के के काम गर्न सक्दो रहेछ भन्ने कुरा थाहाँ हुन्छ । 

निर्वाचन अगाडि उठाउनु भएको ऐजेण्डाहरूलाई कसरी कार्यान्वयन गर्दै हुनुहुन्छ ?

मेडिकल काउन्सिलले अहिले चिकित्सा सेवा प्रवाह मात्र हेर्छ । पहिला सदस्य हुँदा हामिले क्वाउन्सिलका सबै कामहरू अनलाइनबाट गर्ने बनाएका थियौं ।  चिकित्सा शिक्षाको परिक्षाहरू कम्युटरबाट नै गर्ने व्यवस्था गर्यौ । 

नेपालमा चिकित्सा शिक्षा अध्यापन गराउनका लागि मेडिकल कलेजहरूले बाहिरी देशहरूबाट चिकित्सक ल्याउने प्रचलन थियो । त्यसमा हामीले काम गरेका थियौ ।

चिकित्सा शिक्षाको सिपिडि मोड्युललाई सातवटा मोड्युल भित्र राख्यौं । जसमा बिरामीको काउन्सिलदेखि नैतिक समस्याका विषयहरू समावेश छन् । त्यसलाई व्यवस्थापन गर्नका लागि हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं । विभिन्न निकायहरूसँग सहकार्य गरेर यसलाई अझ कसरी व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको छ । 

अहिले हाम्रोमा नेपाल र भारतमा पढेको विषयमा अलिकति समस्या देखिएको छ । त्यसमा भारत मेडिकल क्वाउन्सिल र नेपाल मेडिकल क्वाउन्सिल बसेर हामीले पढाएको कुराहरु र काउन्सिलले दिएको सटिफिर्केट यदि आईएमसीले सिफारिस गरिदियोस र हामीले पनि सिफारिस गर्ने हो भने यो समस्या अलि कम हुन सक्छ । 

अर्को नेपाली चिकित्सकहरू जागिरका लागि माल्दिभ्स जाने गर्दछन् । यदि आईएमसीले सिफारिस गर्ने हो भने त्यहाँ स्पेशल मेजरलिस्टमा काम गर्न पाउँछन् । त्यसको बारेमा हामीले विभिन्न निकायसँग छलफल गरिसकेका छौ । त्यसको सबै प्रक्रिया पुरा भइसकेको छ भने आधिकारिकता दिन बाँकी छ । यसले आधिकारिकता पायो भने यो ठूलो उपलब्धि बन्छ । 

पछिल्लो समय नेपालमा चिकित्सकहरूको लाहापरवाहीले बिरामीको  मृत्यु हुने दर बढ्यो भन्ने घटनाहरु धेरै आउने गरेका छन्,यसमा के भन्नुहुन्छ ?

कतिपय सञ्चारमाध्यमले के सुन्दा मान्छेले हेर्छन् भन्ने कुरालाई मध्यनजर गरेको देखिन्छ । तर यसो भनिरहँदा यो कुरा हुँदै नभएको भन्न खोजेको होइन् । 

बिरामीको उपचार गर्दैगर्दा मृत्यु हुन्छ । मृत्यु हुने त अस्पतालमा नै हो । काउन्सिलले घटनाहरूको छानबिन पनि गरेको छ । चिकित्सकहरूलाई कारवाही पनि गरेको छ, निलम्बन पनि गरेका छौं । चिकित्सकको सर्टिफिकेट लाइसेन्स नै खारेज भएको इतिहास पनि छ । 

गल्ती गर्नेले कारवाही भोग्नु पर्छ । तर, गल्ती नै नगर्नेलाई निरुत्साहित हुने खालको वातावरण सिर्जना गर्नु हुँदैन् । 

मेडिकल काउन्सिलले गुनासोहरूको सम्बोधन नै गर्दैन भन्ने आरोप पनि लाग्ने गरेको छ, यसलाई कसरी सम्बोधन गर्नु हुन्छ ?

मान्छेहरूको अपेक्षाहरू धेरै हुन्छ । अपेक्षा गरे अनुसारको सबै काम काउन्सिलले गर्छ की गर्दैन भन्ने कुरा नी बुझनुपर्छ । हामीले गर्न सक्ने कामहर गरिरहेका छौं । हामीलाई भेट्न सजिलो छ । 

अपेक्षा धेरै लिएकालाई गुनासो सम्बोधन नगरेको लागेको हुनसक्छ । अहिले नेपालमा लगभग ३० हजारभन्दा बढी डाक्टरहरू भइसके । नेपालमा चिकित्सकको तलब,सामाजिक सुरक्षाका कुराहरू शून्य छन्,त्यसैले धेरै समस्याहरू छन् । तर, हामीले गर्नसक्ने काम र सहजिकरणहरू गरिरहेकै छौं । 

काउन्सिलमा बढी राजनीति हुन्छ भनेर सुनीन्छ, यसमा के भन्नुहुन्छ ?

राजनीतिक आस्था सबैको हुन्छ । तर, राजनीतिक अस्थालाई काउन्सिलमा प्रयोग गर्नुहुँदैन । मैले गरेको छैन् । 

म राजनीति भन्दा माथि उठेर काम गर्ने मान्छे हु । यदि मैले राजनीति गरे भने पेशा छोडेर गाउँमा झोला बोकेर हिँड्छु ।

Last modified on 2021-12-30 14:39:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts