दसैँमा भरतपुर अस्पतालमा इमर्जेन्सी तथा भर्ना सेवा सुचारु रहने, ओपीडी भने ५ दिन बन्द



Download our app to get more features

चितवन, ३ कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा दसैँमा समेत इमर्जेन्सी तथा भर्ना (अन्तरंग) सेवा सुचारु रहने भएको छ ।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै अस्पतालको इमर्जेन्सी तथा अन्तरंग सेवा २४ सै घण्टा अहिलेकै सेवा सहित चालु रहने जनाएको छ ।
अस्पतालले दसैँको पाँच दिन ओपीडी (बहिरंग) सेवा भने बन्द रहने जनाएको छ । कात्तिक ७ गते शुक्रवार फुलपातीको दिनदेखि कात्तिक ११ गते मंगलवार एकादशीको दिनसम्म ओपीडी सेवा बन्द रहने अस्पतालले जनाएको छ । भरतपुर अस्पताल जिल्लाकै सबैभन्दा ठुलो सरकारी अस्पताल हो ।

Last modified on 2020-10-19 21:56:03

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts