कोरोना संक्रमितको उपचारको लागि १५ दिनभित्र नै हाई डिपेन्डेन्सी बेड निर्माण हुने



Download our app to get more features

 काठमाडौं, ३ कात्तिक ।  सरकारले १५ दिनभित्रै दुई हजार तथा कोरोना बढी प्रभावित जिल्लामा २ सय वटा हाई डिपेन्डेन्सी बेड बनाउने निर्णय गरेको छ।   

सोमबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन्। 

हाल कोभिड अस्पतालका रुपमा संचालनमा रहेका स्वास्थ्य संस्थाहरुमा आवश्यक सुविधा र उपकरणसहितको स्तोरन्नति गरी १५ दिनभित्र नै हाई डिपेन्डेन्सी युनिट निर्माण गरिने उनको भनाइ छ। 

सबै प्रकारका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय सार्वजनिक भएसँगै सरकारको सर्वत्र आलोचना भइरहेको छ।

काठमाडौं उपत्यकालगायतका बढी प्रभावित जिल्लामा हाल प्रयोग नभएका क्वारेन्टाइन स्थललाई १५ दिनभित्र आइसोलसन सेन्टरमा स्तरोन्नति गर्ने निर्णय भएको छ । 
यसलाई कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय भएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts