सक्नेलाई मात्रै कोरोनाको उपचार आफैँ गरौं भनेको हो : स्वास्थ्य मन्त्रालय



Download our app to get more features

काठमाडौं, ३ कात्तिक । आईतबार कोरोना सङ्क्रमितको सम्पूर्ण उपचार संक्रमित आफैँले व्यहोर्नुपर्ने बताएको सरकारले सोमबार सक्नेले मात्रै तिर्ने भनेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालएले तिर्न सक्नेले आफै तिर्ने हो, गरीब असहायले तिर्नु नपर्ने भनेको हो ।  

आइतबार सम्पूर्ण संक्रमितले उपचार खर्च व्यहोर्नु पर्ने निर्णय गरेको सरकारले सोमबार तिर्न नसक्नेलेलाई सघाउ पुर्‍याउने उद्देश्यले तिर्न सक्नेले जाँच खर्च तिरेर सघाउ पुर्‍याइदिन आफ्नो उपचार आफैँ गरौं भनेको प्रष्ट्याएको छ।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राज्यले सक्नेबाट लिने र नसक्नेलाई दिने रणनीति अख्तियार गरेको र त्यसैलाई फलो गरेकोसमेत बताए ।  

आईतबार संक्रमितको उपचार आफैं गर्ने भनेपछि सामाजिक संजालमा सरकारको धेरै बिरोध भएको थियो ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts