कोरोनाको निःशुल्क उपचार क–कसले पाउँछन् ?



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, ३ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको  निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ ।

मन्त्रालयले आइतबार मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिनेहरुमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र उनीहरुले कोरोना बिमा गरेको त्यसबाट कट्टा गर्ने बताएको थियो ।

vayoda

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सोमबार सबै कोभिड अस्पताललाई पठाएको छ । मापदण्ड अनुसार निःशुल्क उपचार पाउने विपन्नमा विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशका अनुसारको सिफारिस वा स्वयंम घोषणा गर्नुपर्ने हुन्छ ।

यस्तै अशक्तको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गरेका, असहायको सिफारिस भएका वा स्वयंम घोषणा गर्ने, एकल महिलाको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्ने र अपाङ्गताको प्रमाणपत्र भएकाले पनि निःशुल्क परीक्षण र उपचार पाउनेछन् ।

७० वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्नेहरुले पनि कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउने मापदण्डमा उल्लेख छ । 

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts