विवादास्पद शवबारे के भन्छ वीर अस्पताल ?



Download our app to get more features

काठमाडौं, ६ असोज । वीर अस्पतालमा कोरोना संक्रमितको मृत्युपछिको विवादबारे अस्पतालले खण्डन गरेको छ । आज विज्ञप्ति निकाल्दै अस्पतालका निर्देशक केदार सेन्च्युरीले खण्डन गरेका हुन । रुपन्देही, सिद्धार्थ नगरपालिकाका ६३ बर्षका रामलखन जैसवाल केन्द्रीय कारागारमा रहेका संक्रमितको शनिबार राति १० : ५५ बजे मृत्यु भएको थियो।
 अस्पताल ल्याएर परीक्षण गर्दा जिवित चिन्ह्र नभएकाले मृत घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ । मृतकको कोरोना परीक्षणको लागि स्वाब पठाउदा पाँच गते कोरोना पोजेटिभ आएको थियो । 

मृतकका आफन्तले संक्रमितको आँखा निकालिएको, घाँटी काटिएको अवस्थामा रहेको, शरीरमा फोका आएको अवस्था रहेको भन्दै हत्याको आरोप लगाएकोमा अस्पतालले यथार्थपरक नभएको उल्लेख गरेको छ । 

संक्रमितको मृत्युपछि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि’ अनुसार शवको व्यवस्थापन गर्नुपर्ने थियो।
तर अस्पतालले शव व्यवस्थापनमा लापरबाही गर्दा आफन्तले अस्पतालमाथि गम्भीर आरोप पनि लगाएका छन् । 

Last modified on 2020-09-24 14:56:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts