ललितपुरका दुई मेयरलाई कोरोना संक्रमण 



Download our app to get more features

ललितपुर, ९ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै मेयर चिरिबाबु महर्जन होम आइसोलेशनमा बसेको ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले जानकारी दिईन।

बिहीबार दिउँसो ज्वरो आएको र औषधि प्रयोग गर्दासमेत ज्वरो कम नभएपछि मेयर महर्जनले स्वाब परीक्षणका लागि पाटन अस्पतालमा नमुना दिएकाथिए ।  शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।

मेयर महर्जनका परिवारका सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने जनाइएको छ । 


यस्तै, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यही असोज ६ गते उनीहरुले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो।

हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए।
आफुसँग  सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न महर्जनले आग्रह गरेकाछन् ।। 

Last modified on 2020-09-25 21:03:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts