नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु, संख्या ४ सय ५९ पुग्यो



Download our app to get more features

काठमाडौं, ९ असोज । नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ जना महिला र ३ जना पुरुष गरि थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङकी ६० वर्षीया, काठमाडौंकी ७५ वर्षीया र कपिलवस्तुकी ७० वर्षीया ३ जना महिला रहेकी छिन् ।

यस्तै मोरङकै ५५ वर्षीय, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीया गरि ३ जना पुरुषहरुको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशलमव ६५ प्रतिशत रहेको छ ।

यस्तै हाल नेपालभर २ सय २७ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने ३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।   

Last modified on 2020-09-25 17:01:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts