कार्यालयमा रहदा कोरोना संक्रमणबाट कसरी बच्ने ?



Download our app to get more features

काठमाण्डौं, २६ साउन ।   अहिले कोरोना संक्रमणको जोखिम दिनदिनै बढ्नेक्रममा छ । धेरै जसो कार्यलय खुल्दा जमघट बढेकाले कोरोना संक्रमण बढेको जनस्वास्थ्य विदको भनाई छ ।  

लकडाउन अवधिमा धेरैजसो कार्यालय बन्द थिए भने संचालन भएका अधिकांश कार्यालयको काम पनि घरबाटै गरेका थिए। तर अहिले धमाधम कार्यलयबाटै काम भएपछि झन जोखिम बढेको छ ।  

नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर पनि मानिसहरूले धेरैजसो समय कार्यक्षेत्रमा बिताउने भएकाले कार्यक्षेत्र संक्रमणको जोखिम हुने स्थान भएको बताएकाछन् । 

कार्यालयमा रहदा कसरी संक्रमणबाट बच्ने ? 

- घरबाहिर जाँदा अनिवार्य रुपमा सर्जिकल वा तीन तहको कपडाको मास्क लगाउनुपर्ने,

- एक व्यक्त्तिबाट अर्काे व्यक्त्ति बिच कम्तीमा एक मिटरको दूरी कायम गर्ने,
     नियमित रूपमा हात धोइरहने,

-  खोक्दा वा हाच्छ्युँ गर्दा अरु व्यक्तिबाट अलि टाढा गएर रुमाल, टिस्यू पेपर वा कुहिनोले मुख छोप्ने,

- आँखा, नाक र मुखलाई अनावश्यक रुपमा नछुने 

- मास्कको प्रयोगमा र हातको सरसफाईमा ध्यान दिने । 

- सबै किसिमको जमघट र भेलाहरूमा कम्तीमा २ मिटर वा ६ फिटको दूरी अनिवार्य रुपमा कायम गर्नुपर्ने,

- सबै सार्वजनिक स्थल तथा कार्यालयले परिसरमा हात धुन साबुनपानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने ।
     अनावश्यक वस्तु तथा सतह नछुने, 

-  सम्भव भएसम्म पैसाको कारोबार गर्दा विद्युतीय कारोबार गर्ने

-   ज्वरो, खोकी तथा श्वासप्रस्वासको समस्या भएका व्यक्तिहरुले सकभर जनसम्पर्कमा नजाने,
 

Last modified on 2020-08-10 07:37:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts