मानिसमा हर्ड इम्यूनिटिको विकास भएपछि कोरोना भाइरस मौसमी रोगमा परिवर्तन हुने !



Download our app to get more features

एजेन्सी, ५ असोज । विश्वका वैज्ञानिकहरुले कोरोना भाइरस आउने समयमा मौसमी रोगमा परिवर्तन हुने बताएका छन् ।

विश्व नै अहिले कोरोना महामारीबाट जुझिरहेको छ । कोरोना महामारीबाट छुट्कारा पाउनका लागि वैज्ञानिकहरु खोपभाथि काम गरिरहेको छ । तर, कोरोना विरुद्धको कुनैपनि उपलब्धी हासिल हुन सकेको छैन । यसैबीच, कोरोना भाइरसलाई लिएर वैज्ञानिकहरुले नयाँ खोज पत्ता लगाएको छन् ।

जर्नल फ्रन्टियर इन पब्लिक हेल्थमा प्रकाशित अध्ययनका अनुसार वैज्ञानिकहरुले आउने समयमा मानिसमा हर्ड इम्यूनिटी विकास भइसकेपछि कोरोना भाइरस मौसमी रोग बनेर सिमित हुनेछ ।
 
अध्ययन रिपोर्टमा मौसम परिवर्तन हुनासाथ मानिसमा रुघाखोकी जस्ता रोग फैलिने खतरा बढ्ने हुन्छ । त्यसरी नै कोरोना भाइरसपनि रुघाखोकी र ज्वरो फैलाउने भाइरसको रुपमा स्थापित हुने उल्लेख गरिएको छ । जबसम्म कोरोना भाइरस विरुद्धको कुनै ठोस खोपको विकास हुँदैन वा मानिसमा हर्ड इम्यूनिटीको जबसम्म विकास हुँदैन तबसम्म यो यसरी नै फैलिरहन्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका भाइरोलोजिस्ट विमलेश झाका अनुसार हर्ड इम्यूनिटि भनेको कुल जनसंख्याको दुई तिहाईमा संक्रमण हुनु हो ।

झा भन्छन्, यस अवस्थामा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुने दर न्यून हुन्छ । हर्ड इम्यूनिटिको विकास भइसकेपछि त्यो आफै हराएर जान्छ ।

एक पटक संक्रमित भइसकेको व्यक्तिमा रोगसँग लड्ने क्षमता वा एन्टीबडीको विकास भइसकेपछि उसमा दोहोर्याएर संक्रमण हुने दर वा खतरा निकै न्यून हुने झाको भनाइ छ । 

उनी थप्छन्, त्यसकारण कुल जनसंख्याको दुई तिहाईमा संक्रमण भइसकेपछि उनीहरुमा दोहोर्याएर संक्रमण हुने सम्भावना नगन्य हुने हुँदा संक्रमणको जोखिम पनि कम हुन्छ ।
 
यस्तै लेबनानस्थित अमेरिकन यूनिभर्सिटी अफ बेरुतका अध्ययनकर्ता हसन जराकतले यस अध्ययनमा कोरोना भाइरसलाई लिएर मानिसलाई चेतावनी दिँदै कोरोना भाइरस अहलिेकै अवस्थामा नरोकिने पनि बताए । जबसम्म मानिसमा हर्ड इम्यूनिटीको विकास हुँदैन तबसम्म कोरोनाले प्रत्येक वर्ष मानिसलाई आफ्नो चपेटामा लिइरहने उनको भनाइ छ ।
 
हसले भने, ‘मानिसहरुलाई अब कोरोनासँग बस्ने बानीको विकास गरिहाल्नु पर्छ । यसबाट बच्नका लागि मानिसलाई घरबाट बाहिर निस्कनुभन्दा पहिले सँधै सावधानी र सचेतना अपनाउनु पर्ने हुन्छ । साथै पटक पटक हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ र भिडभाड भएको स्थानमा जानबाट जोगिनुपर्छ ।’

वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस विरुद्ध हर्ड इम्यूनिटिको विकास हुने समयसम्म यसको विभिन्न लहरहरु उत्पन्न हुन सक्नेछ । 

अध्ययनकर्ताका अनुसार भाइरस हावा वा वायुमण्डलमा सजिलैसँग जीवित रहन सक्छ ।  संक्रमण प्रति मानिसको संवेदनशीलता र ह्यूमन बिहेवियर, मौसमका कारण तापक्रम र  ह्यूमिडिटमा परिवर्तनले पनि प्रभाव पार्छ । जसले गर्दा वर्षमा फरक फरक समयमा  रेस्पिरेटरी भाइरसको प्रसार बढेर जान्छ । दुर्भाग्यवश फ्लू जस्ता सामान्य भाइरसको तुलनामा कोभिड १९ को प्रसार दर भने उच्च छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts