स्वास्थ्यकर्मी र चिकित्समाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गोदानको माग



Download our app to get more features

काठमाडौं, २६ साउन । सरकारी चिकित्सक संघ (गोदान) ले कोरोना महामारीको बीचमा पनि चिकित्सकसहित स्वास्थ्यकर्मीमाथि हुने गरेको घटनाप्रति आपत्ति जनाएको छ । 

संघले आज बिहान विज्ञप्ति जारी गर्दै कोरोना महामारीको क्रममा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकमाथि हातपात हुने र गाली गलौज गर्ने, अस्पतालमा तोडफोड गर्ने, उपचारमा बाधा पुर्याउने जस्ता घटनाको विरोध गरेको हो ।

कोरोनाको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी स्वयं पनि कोरोना संक्रमणको चपेटमा आएको बेला विभिन्न पक्षबाट हुने यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न र कानूनी दायरामा ल्याउन पनि संघले माग गरेको संघका महासचिव डा किर्तिपाल सुवेदीले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts