जाँड,रक्सी खानेहरुले कोरोना सङ्क्रमण फैलाउने संभावना धेरै  



Download our app to get more features

काठमाडौं, ४ असोज । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना भाइरसको सङ्क्रमण फैलाउने सम्भावना बढी भएको विज्ञहरुले बताएकाछन्  । कोरोना भाइरसको सङ्क्रमण फैलाउने सम्भावनाले गर्दा यसको प्रयोग नगर्न डाक्टरहरुले आग्रह गरेका छन् ।

जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले स्वास्थ्य मापदण्डको ख्याल नगर्ने र रोग प्रतिरोधी क्षमता पनि कम हुने भएकोले त्यस्ता व्यक्तिबाट कोरोना फैलने डर धेरै हुने मानसिक रोग विशेषज्ञ डाक्टर सगुन वल्लभ पन्तले बताए । 

यस्ता वस्तुको प्रयोगले मानसिक समस्यासमेत आउने र यसले जोखिम झनै बढाउने उनको दावी छ । डा पन्तले महामारीका बेला विभिन्न बहानामा जाँड, रक्सी तथा चुरोटलगायत लागुऔषध प्रयोग गर्दै आएको भएमा छाड्न अनुरोध गरेकाछन् । 

जाँड, रक्सी, चुरोट खानेहरुलाई कोरोना सङ्क्रमण भएमा तुलनात्मक रुपमा बढी असर गर्ने भएकोले आफू र आफ्ना परिवारका लागि पनि यस्ता बानी छोड्न डाक्टरहरुको आग्रह छ ।  
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts