नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय ३७ पुग्यो



Download our app to get more features

काठमाडौं, १५ कात्तिक । नेपालमा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ५ प्रतिशत हो ।

यस्तै हाल नेपालभर २ सय ९६ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ६९ जना भेन्टिलेटरमा उपचाररत छन् । 

Last modified on 2020-10-31 16:34:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts