युनिभर्सल कलेज भैरहवालाई उपचारमा भएको कमजोरी सुधार्न काउन्सिलको निर्देशन



Download our app to get more features

काठमाडौं, २७ भदौ । नेपाल मेडिकल काउन्सिलले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा बिरामीको उपचारमा भएको कमजोरी सुधार्न निर्देशन दिएको छ ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा अर्थोपेडिक प्रोफेसरको रुपमा कार्यरत डा ज्ञानेश्वर प्रसाद सिंहको भदौ १० गते खाना खाने क्रममा मासुको हड्डी घाँटीमा अड्किएर अस्पतालमा भर्ना हुँदा अस्पतालले लापरबाही गरेको भन्दै परिवारले काउन्सिलमा उजुरी दिएको थियो । सोही घटनाको छानबिन गर्दै काउन्सिलले अस्पतालमा भएका कमजोरी सुधार्न निर्देशन दिएको हो ।

भदौ १० गते डा सिंहको घाँटीमा मासुको हड्डी अड्किएपछि आफू कार्यरत अस्पतालमै उपचारका लागि भर्ना गरिएको थियो । तर, इमर्जेन्सी लगायत कुनैपनि विभागबाट उपचारमा चासो नदेखाइएकोले भोलिपल्ट मात्रै अप्रेसन गरी हड्डिलाई टुक्रा पारेर आधा निकालिएको र आधा हड्डी पेटमा नै धकेलिएको भन्ने जानकारी गराएको पारिवारिक स्रोतको भनाइ छ । बिरामीको अवस्था ठीक छ भनेर अस्पतालले जानकारी गराएको पाँच दिनमा बिरामीलाई बान्ता हुने, ज्वरो बढ्ने भएपछि पुनः सीटि स्क्यान गर्न दवाव दिएपछि मात्रै सीटि स्क्यान गर्दा हड्डी ननिक्लेको र पेटतर्फ धकेल्ने प्रयास गर्दा खाना खाने नलीमा इन्फेक्सन भइसकेको र सो समेत जानकारी नगराई हतारमा आईसीयूमा सिफ्ट गरी हेलिकप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइएको बिरामी डाक्टरका आफन्तले बताएका छन् ।

युनिभर्सल कलेजमा चिकित्सकहरुको लापरबाही, हेलचेक्र्याई गरेको, सही तथ्यको जानकारी नदिई बिरामीको अवस्था अत्यन्त जटिल बन्न पुगेको विषयमा परिवारले काउन्सिलमा घटनाबारे छानबिन गर्न माग गरेका थिए । सोही विषयमा छानबिन गर्दै काउन्सिलले काउन्सिलको नियमावली २०२४ को २२ (क) (ग) बमोजिमको आचारसंहिता अनुसार काम गर्नका लागि मेडिकल कलेजको अस्पतालमा उपयुक्ति प्रणालीहरु नभएको निष्कर्स लिकालेको छ ।

साथै अस्पतालको स्वास्थ्य सेवा प्राालीमा सुधार गर्न स्वास्थ्य सेवा प्रभावकारिताको व्यवस्थित प्रोटोकोल तथा निर्देशिकाहरु बनाइ लागू गर्न गराउन र बिरामी एवं स्वास्थ्यकर्मीहरु बीचको सम्बन्धलाई सुमधुर बनाइराख्न काउन्सिलले निर्देशन दिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts