गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु



Download our app to get more features

कास्की, १४ कात्तिक । गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  

आईसीयूमा उपचार गराइरहेका बागलुङको गल्कोट नगरपालिका ३ का ७२ वर्षका पुरुषको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । अस्पतालका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका ती पुरुषमा निमोनिया लगायतका समस्या थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

यस्तै, गण्डकी प्रदेशमा थप ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज आएको रिपोर्ट अनुसार कास्कीको पोखरा महानगरपालिकाका ६० जना, नवलपरासी बर्दघाट सुदूरपूर्वमा २२ जना, तनहुँमा ८,स्याङ्जामा ३ जना, लमजुङ र गोरखामा २/२ तथा पर्वतमा एक जना सङ्क्रमित थपिएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts