नेपाल मेडिकल काउन्सिलले तय गर्यो एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति



Download our app to get more features

काठमाडौं, ५ असोज । नेपाल मेडिकल काउन्सिलले यस वर्षको एमबीबीएस र बीडीएसको चिकित्सक नाम दर्ता (अण्डर ग्रेजुएट्स लाइसेन्स) परीक्षाको मिति तय गरेको छ । 

काउन्सिलले यसअघि ८ चैतमा रोकिएको अण्डर ग्रेजुएट्सको लाइसेन्स परीक्षा आगामी कात्तिक एक मा गर्ने भएको छ । यसअघि भदौ २० मा ग्रेजुएट्सको लाइसेन्स परीक्षा सम्पन्न गरेको थियो ।

काउन्सिलका रजिष्टार डा कृष्णप्रसाद अधिकारीले कोरोना महामारीका कारण रोकिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति कात्तिक एकमा हुने तय भएको बताए ।

यसपटक पनि लाइसेन्स परीक्षाका लागि केन्द्रहरु काठमाडौँ उपत्यका र मोफसलमा नै राखिने योजना रहेको उनले जानकारी दिए ।

डा अधिकारीले गत २० भदौमा भएको परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरुले पनि सहभागिता जनाउन सक्ने बताए ।

Last modified on 2020-09-21 08:07:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts