काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिए



Download our app to get more features
Spark_health_home

काठमाडौं, ४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ४२ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८ र भक्तपुरमा १ हजार ४ सय ५२ संक्रमित पुगेका छन्। 

vayoda

पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।  
हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। 
आज ९६६ जना निको भएका छन्। हालसम्म ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत हो। 

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts