स्वास्थ्यका २२ जना कर्मचारीलाई छात्रवृत्तिमा जापानमा पढ्ने अवसर

थाइल्याण्डले पनि माग्यो आवेदन



Download our app to get more features

काठमाडौं, २८ भदौ । जापान सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका कर्मचारीलाई मास्टर्स डिग्री तहको दुई वर्षको छात्रवृत्ति अध्ययन खुला गरेको छ ।

सन् २०२१-२२ का लागि ह्युमन रिसोर्स डेभलपमेन्ट अध्ययनका लागि २० जना माग गरेको छ भने २ जना डक्टररियल डिग्रीको लागि माग गरेको छ ।

योग्यता पुगेका मन्त्रालयअन्तर्गतका कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखामा १० दिन भित्र निवेदन दिनुपर्नेछ ।

त्यसैगरी थाइल्याण्डको चुल्यावहन ग्राजुएट इन्स्टिच्युटले पनि साइन्स एण्ड टेक्नोलोजीमा मास्टर्स डिग्रीका लागि आवेदन खुलाएको हो ।

 

Last modified on 2020-09-13 21:07:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts