चितवनका पाँच महिने शिशुले समेत जिते काेराेना



Download our app to get more features

 चितवन, २४ भदाै । चितवनका पाँच महिने शिशुले समेत काेराेना भाइरस संक्रमणलाई जितेका छन् ।

माडी नगरपालिका–६ का ५ महिने बालक (शिशु) बुधवार प्राप्त परीक्षण नतिजा अनुसार काेराेना भाइरसमुक्त भएका भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युबानिधि बसौलाले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनमा भदाै ११ गते काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे थियाे ।

ती शिशुकाे संम्पर्कमा आएका व्यक्तिमा समेत काेराेना भाइरस संक्रमण पुष्टि भएपछि भदाै ४ गते नमुना संकलन गरिएकाे थियाे । नमुना परीक्षणकाे लागि पठाईएकाे एक सातापछि बल्ल नतिजा आएकाे थियाे । उनलाई संक्रमण पुष्टि भएपछि हाेम आइसाेलेसनमा राखिएकाे थियाे । पारिवारिक स्रोतका अनुसार ती संक्रमित शिशुमा संक्रमण भएदेखि अहिलेसम्म कुनै पनि किसिमका लक्षण तथा स्वास्थ्य समस्या देखिएकाे छैन । परिवार भने चिकित्सककाे निरन्तर संम्पर्कमा रहेका थिए ।

पाँच जनाकाे परिवार रहेका उनीहरू मध्ये हजुरआमा र ती शिशुमा काेराेना संक्रमण देखिएकाे थियाे । दुवै जना काेराेना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् । अन्य परिवारका सदस्यहरूकाे भने दुई पटकसम्म काेराेना परीक्षण गर्दा समेत रिपोर्ट नेगेटिभ आएकाे छ ।

बुधवार दिउँसोसम्मकाे तथ्याङ्क अनुसार चितवनमा काेराेना संक्रमित हुनेकाे संख्या एक हजार ७३ जना पुगेकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । त्यसमध्ये निकाे हुनेकाे संख्या तीन सय नजिक छ । त्याे मध्ये जिल्ला भित्रका १२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts