बुटवलबाट बेपत्ता भएका सिनियर अहेब नेपालको शव चार दिनपछि तिलोत्तमाको नहरमा भेटियो



Download our app to get more features

रुपन्देही, ५ असोज । बुटवलबाट चार दिनदेखि बेपत्ता भएका सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ । 

उनको आज बिहान तिलोत्तमा ११ मधौलिया स्थित नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिंह राठौरले बताए ।

नेपाल बिहीबार राति १२ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नम्बरको मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए । 

नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरि रहेको थियो ।

शुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत थिए । नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् । 

नेपालको श्रीमती र एक छोरा रहेका छन् । उनका दाजु छबि नेपालको उपचारको क्रममा आइतवार काठमाडौंमा मृत्यु भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts