औषधि व्यवस्था विभागले जारी गर्यो सूचनाः अति आवश्यकीय सेवा मात्रै प्रवाह गरिने



Download our app to get more features

काठमाडौं, २६ साउन । औषधि व्यवस्था विभागले अति आवश्यकीय सेवाहरु मात्रै सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणले उत्पन्न गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी विभागबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि अति आवश्यक सेवा मात्रै प्रवाह गरिने विभागले जनाएको छ ।

यसैबीच, नेपाल फार्मेसी परिषदले पनि आफ्ना सबै सेवा बन्द गरेको छ ।

परिषदले सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि परिषदबाट प्रवाह हुने सबै सेवा बन्द गरेको हो ।  

Last modified on 2020-08-10 09:03:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts