९ हजार ५ सय ८४ पिसिआर परीक्षणः १३ सय २५ जनामा संक्रमण पुष्टि, संख्या ६४ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, ४ असोज । नेपालमा कोरोना भााइरसका कारण संक्रमित हुनेको संख्या ६४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा गरिएको ९ हजार ५ सय ८४ पिसिआर परीक्षण गरिएकोमा थप एक हजार ३ सय २५ जनामा संक्रमण पुष्टि भएको बताए ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ९ सय ६६ जना कोरोना संक्रमित निको भएको भन्दै डा गौतमले नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको बताए । योसंख्या कुल संक्रमितको ७२ प्रतिशत रहेको छ ।

नेपालभर हाल १७ हजार ४ सय ७८ सक्रिय संक्रमित रहेका छन् । यस्तै संक्रमित भएकामध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ८ हजार ४ सय ७ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै नेपालभार ७ हजार ४ सय ५१ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन् । 

Last modified on 2020-09-20 16:24:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts