चितवनमा ८४ वर्षीय वृद्वसहित थप ६८ जनामा काेराेना संक्रमण पुष्टि

भरतपुरमै ३५ जना थपिए



Download our app to get more features

 चितवन, १३ असाेज । चितवनमा ८४ वर्षीय वृद्वसहित थप ६८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) काे काेराेना प्रयाेगशालामा ५६ र भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा १२ गरी मंगलबार थप ६८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये ५४ जना जिल्ला भित्रका छन् भने १४ जना बाहिरी जिल्लाका छन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ३५ जना छन् । यहाँ संक्रमित हुनेमा ८४ वर्षीय वृद्व समेत छन् । यस्तै, खैरहनी नगरपालिकाका ९ जना, रत्ननगर नगरपालिकाका ४ जना, राप्ती र कालिका नगरपालिकाका समान ३/३ जना रहेका छन् ।

यसैगरि अन्य संक्रमित हुनेहरूमा जिल्ला बाहिरका नवलपुरका ९, नवलपरासी, तनहुँ, पर्सा, माेरङ्ग र सर्लाहीका समान १–१ गरी जम्मा १४ जना रहेका छन् ।

याे सहित जिल्लाका संक्रमितको संख्या १९ सय नाघेकाे छ । जसमध्ये मंगलबारसम्म झन्डै ९ सय जना काेराेना संक्रमणमुक्त भएका छन् ।

जिल्लाका संक्रमित मध्ये अहिलेसम्म १९ जनाकाे मृत्यु भइसकेकाे छ । मृत्यु हुनेमा ११ जना भरतपुर महानगरपालिका भित्रका छन् । बाँकी अन्य पालिकाका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा भने अहिलेसम्म संक्रमितकाे मृत्यु नभएकाे स्वास्थ्य कार्यालय चितवनले जनाएकाे छ ।

Last modified on 2020-09-29 21:24:54

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts