एक महिनादेखि धर्ना बसेका जानकी मेडिकल कलेजका कर्मचारी अनसन बस्ने



Download our app to get more features
Spark_health_home

जनकपुर, १३ कात्तिक । जनकपुरस्थित जानकी मेडिकल कलेजका कर्मचारीहरु अनसनमा बस्ने घोषणा गरेका छन् ।

जानकी मेडिकल कलेज तथा कर्मचारी हकहित संरक्षण संघर्ष समितिले कर्मचारीहरुसँग संस्थापकले पटक पटक गरेको सम्झौता उल्लघंन गरेको भन्दै अनसन बस्ने घोषणा गरेको हो ।

vayoda

समितिले सूचना जारी गर्दैै असोज १६ गते ११ बजेदेखि कलेजमा कार्यरत कर्मचारीद्वय जानकी शरण यादव र कुलदिप साह आमरण अनसनमा बस्ने बताएको छ ।

समितका अनुसार कलेजको सञ्चालकहरुले अन्तिम पटक जिल्ला प्रहरी कार्यालय धनुषामा गरेको सम्झौताको उल्लघंन गर्दै विभिन्न कर्मचारी उपर प्रायोजित रुपमा बिना कुनै कारण कसुर कारबाही गरेको विरोधमा अनसन सुरु गर्न लागेको हो ।

कलेजमा कार्यरत कर्मचारीहरुले वर्षौदेखिको तलब सेवा सुविधा नपाएको भन्दै विगत एक महिनादेखि धर्नामा छन् । जानकी मेडिकल कलेज सुरुदेखि नै विभिन्न विषयमा विवादित बन्दै आएको छ ।

Hamro Doctor
Last modified on 2020-10-29 12:43:51

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts