६ महिला र ४ पुरुष गरि थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

काठमाडौं, ४ असोज । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ जना महिला र ४ जना पुरुष गर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाका ७६ वर्षीय, काठमाडौंका ८२ वर्षीय, चितवनका ८० वर्षीय र रुपन्देहीका ६७ वर्षीया पुरुषहरु रहेका छन् । 

यस्तै काठमाडौंकी ४० वर्षीया, ६० वर्षीया, ६३ वर्षीया, ललितपुरकी ७५ वर्षीया, भक्तपुरकी ७२ वर्षीया र पाल्पाकी ४० वर्षीया गर ६ जना महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर कुल संक्रमितको शून्य दशमलव ६४ प्रतिशत रहेको छ ।

यस्तै नेपालमा हाल एक सय ९० जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts