‘ट्राभल हिस्ट्री’ नभएका चितवनका ७९ वर्षीय वृद्धका छाेरा र बुहारीमा पनि काेराेना संक्रमण



Download our app to get more features

चितवन, २३ साउन । चितवनमा थप दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

शुक्रवार भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा भरतपुर महानगरपालिका १ का ४६ वर्षीय पुरुष र ३८ वर्षीया महिलामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

बुधवार प्रयाेगशालामा १ सय ७२ नमुना परीक्षण गरिएकाे मध्ये महानगरपालिका १ का ७९ वर्षीय वृद्वमा संक्रमण देखिएकाे थियाे । ‘ट्राभल हिस्ट्री’ नभएका ती वृद्वमा काेराेना संक्रमण पुष्टि भएकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनका अनुसार शुक्रवार काेराेना संक्रमण पुष्टि भएका ती दुई जना संक्रमित वृद्वका छाेरा र बुहारी हुन् । वृद्वमा संक्रमण पुष्टि भएपछि उनकाे हेरचाह गर्ने छाेरा र बुहारीमा समेत काेराेना परीक्षण गरिएकाे थियाे । 

ती वृद्वमा रूघाखाेकी र ज्वरो आएपछि भरतपुर अस्पतालबाट स्वाब लिइएकाे थियाे । संक्रमितहरूकाे थप विवरण लिने कार्य भइरहेकाे स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए । 

यस्तै शुक्रवार नै चितवन मेडिकल कलेजमा उपचाररत वीरगञ्ज–१० घर भएकी ४२ वर्षीया महिला र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत सर्लाही लालवन्दी–११ का ७९ वर्षीय पुरुषमा समेत काेराेना संक्रमण पुष्टि भएकाे प्रयाेगशाला स्रोतले जनाएकाे छ । 

शुक्रवार चितवनकाे प्रयाेगशालामा अन्य जिल्लाका सहित १ सय ३१ नमुनाको परीक्षण गरिएको थियो । जस मध्ये चितवनका दुई सहित जम्मा चार जनामा काेराेना संक्रमण देखिएकाे छ, बाँकी १ सय २७ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको प्रयाेगशाला स्रोतले जनाएकाे छ ।

Last modified on 2020-08-07 18:47:39

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts