भारतमा पहिलो पटक ट्रान्सजेन्डरका लागि कोभिड अस्पतालमा बेड आरक्षित



Download our app to get more features

भारत, २६ साउन । भारतको पश्चिम बंगालमा पहिलो पटक ट्रान्सजेन्डरका लागि कोभिड अस्पतालमा बेड आरक्षित गरिएको छ ।

ट्रान्सजेन्डरका लागि कोभिड अस्पतालमा बेड आरक्षित गरिएको यो भारतमै पहिलो पटक हो ।

पश्चिम बंगाल सरकारका अनुसार एम.आर.बांगुर कोविड १९ अस्पतालको पुरुष र महिला वार्डमा ट्रान्सजेन्डर समुदायका कोरोना संक्रमित बिरामीका लागि दुई दुई वटा बेड आरक्षित गरिएको हो ।

स्वास्थ्य राज्य मन्त्री चन्द्रिमा भट्टाचार्यले मुख्यमन्त्री ममता बेनर्जीको पहलमा मुलुकमै पहिलो पटक ट्रान्सजेन्डर समुदायका लागि बेड आरक्षित गरिएको बताइन् । सरकारको यो निर्णयपछि एसोसिएशन आफÞ ट्रान्सजेन्डरले सरकारलाई धन्यवाद दिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts