कोरोना संक्रमणका कारण हरेक हप्ता ५० हजारको मृत्युः विश्व स्वास्थ्य संगठन



Download our app to get more features

एजेन्सी, ४ असोज । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणका कारण हरेक हप्ता ५० हजारभन्दा बढीको मृत्यु भइरहेको बताएको छ ।

संगठनका कार्यकारी निर्देशक डा. माइक र्यानले बेलायत र फ्रान्समा बढ्दो संक्रमणको दरलाई चिन्ताजनक रहेको भन्दै कोरोना कम हुनुको साटो झन्झन् बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘कोरोना महामारी अन्त्य हुनमा लामो समय लाग्नेछ । सुरु हुन लागेको जाडो मौसममा कोरोना संक्रमणको दरमा तीव्रता आउन सक्ने भएकाले आईसीयूमा भर्ना भएका बिरामीको संख्या र अस्पतालमा भर्ना भएका बिरामीको स्थिति भयावह बन्न सक्नेछ ।’
 
कोरोना भाइरस समाप्त भएको छैन न त कम भएको छ । जुन मुलुकमा जाडो सुरु हुने वाला छ ती मुलुकमा मानिसहरु घरमै बस्ने हुनाले कोरोनाको दरमा कमी आउन सक्ने उनको भनाइ छ ।
 
डा. माइकले महामारी अझै लामो समयसम्म रही रहनाले यसलाई वेवास्ता नगर्न भन्दै सबैलाई सचेत र सावधानी अपनाउन आग्रह गरे । 

कोरोना संक्रमणका कारण पछिल्लो समय विश्वका विभिन्न मुलुकहरुमा दोहोर्याएर लकडाउन जारी गरिएको छ । विशेषगरि युरोपीय मुलुक र इजरायलमा संक्रमणको दरमा तीव्रता आएपछि लकडाउन दोहोर्याएर जारी गरिएको छ ।

संगठनका अनुसार जनघनत्व ठूलो भएको मुलुकहरुमा कोरोना संक्रमणको दर सबैभन्दा उच्च रहेको छ । 

जबसम्म यस रोगबाट लड्नका लागि कुनै ठोस औषधि वा खोपको पत्ता लाग्दैन तबसम्म यो रोगले संक्रमणलाई बढाउँदै लग्ने पनि संगठनले जनाएको छ ।

Last modified on 2020-09-20 08:10:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts