कोरोना महामारीसँग लड्न आयुर्वेदिक औषधिको सहयोग लिने विश्व स्वास्थ्य संगठनको तयारी



Download our app to get more features

एजेन्सी, ४ असोज । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी विरुद्ध लड्न आयुर्वेदिक औषधिको सहयोग लिने तयारी गरेको छ । 

विश्वभर फैलिएको कोरोना माहामारी विरुद्ध लड्नका लागि विभिन्न खोपमाथिको अनुसन्धान जारी रहेको बेला संगठनले आयुर्वेदलाई अपनाउने तयारी सुरु गरेको छ ।

संगठनले कोरोना विरुद्धको उपचारमा आयुर्वेदको उपयोगिताको सम्भाव्यताबारे अध्ययन सुरु गर्न लागेको हो । कोभिड–१९ र अन्य रोगको उपचारका लागि अफ्रिकाको आयुर्वेदिक औषधिको जाँच सम्बन्धी अध्ययनलाई संगठनले शनिवार समर्थन गरेको छ ।
 
विश्व स्वास्थ्य संगठनले कोरोना विरुद्ध लड्का लागि प्राचिन औषधिको प्रयोगको मुद्दालाई उठाउँदै पूर्वी अफ्रीकाको मदागास्करमा भइरहेको प्रयासको बारेमा पनि चर्चा गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

मदागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाद्वारा मलेरियाको उपचारमा प्रयोग हुने एक औषधिय विरुवा आर्टमीसियाले बनेको झोल पदार्थलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याइएको बताए । जसको प्रयोगले कोरोना संक्रमित चाँडै स्वस्थ भएको पनि उल्लेख गरे ।
 
राष्ट्रपति एन्ड्री राजोएलिनाले कोभिड अर्गेनिक्स ड्रिन्कलाई पछिल्लो समय प्रोत्साहन गरिरहेका छन् । जसलाई सीभीओ नाम दिइएको छ । राजोएलिनाले कोरोना संक्रमितको उपचारमा यो झोल उपयोगी भएको र यो झोल पदार्थ अब मदागास्कर बाहेक अफ्रिकी अन्य मुलुकहरुमा पनि निर्यात गर्न थालिएको बताए ।
 
संगठनका एक्सपर्ट्स र दुई अन्य संस्थानका सहकर्मीहरुले अफ्रिकाको हर्बल मेडिसिनका क्लिनिकल ट्रायलको तेस्रो चरणका लागि प्रोटोकलको समर्थन गरेका छन् । तेस्रो चरणको परीक्षणका लागि नयाँ मेडिकल प्रोडक्टको प्रभाव र सुरक्षाको जाँचका यसलाई महत्वपूर्ण मानिएको छ ।

संगठनका क्षेत्रिय निर्देशक प्रस्पर टुमुसीमका अनुसार यदि प्राचीन मेडिकल प्रोडक्ट सुरक्षा, प्रभाव र गुणस्तरीयताको हिसाबले सफल भयो भने संगठनले यसलाई फास्ट ट्र्याक र ठूलो परिमाणमा यसलाई उत्पादनका लागि सिफारिस गर्न सक्छ । अफ्रिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शन र अफ्रिकन यूनियन कमिशन फर सोशल अफेयरले यसका लागि विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्छ ।

टुमुसीमले भने, ‘पश्चमी अफ्रिकामा इबोला जस्तै कोभिड–१९ को प्रकोपबाट जोगिनका लागि बलियो स्वास्थ्य प्रणालीको आवश्यकता महसुस गरिएको छ । जसलाई ध्यानमा राखी प्राचिन औषधिसहित विभिन्न अध्ययन र भएको उपलब्धीलाई बढावा दिनु आवश्यक छ ।’

Last modified on 2020-09-20 14:56:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts