भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८५ हजार नाघ्यो



Download our app to get more features

एजेन्सी, ३ असोज । भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट ८५ हजार ६ सय ५० जनाको मृत्यु भएको छ । भारतमा कुल सङ्क्रमितको संख्या ५३ लाख १२ हजार पाँच सय नाघेको वल्डोमिटरले जनाएको छ ।  

चीनले लगभग नियन्त्रणमा लिइसकेको भए पनि अहिले कोरोना विश्वका अरु देशमा तीब्र गतिमा फैलिइरहेको छ । कोरोना भाइरसबाट अहिलेसम्म सबैभन्दा बढि अमेरिका प्रभावित भएको छ । अमेरिकामा ६९ लाख २८ हजार चार सय भन्दा धेरैमा सङ्क्रमण हुँदा दुई लाख तीन हजार एक सय भन्दा धेरेको मृत्यु भएको छ ।

दोस्रो प्रभावितमा भारत छ भने तेस्रोमा रहेको ब्राजिलमा ४४ लाख ९७ हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ३५ हजार आठ सय भन्दा धेरेको ज्यान गएको छ । अहिलेसम्म विश्वका ४० वटा देशमा चीनको भन्दा धेरै सङ्क्रमित भएका छन् । २९ वटा देशमा चीनको भन्दा धेरैको मृत्यु भएको छ ।

विश्वका ५६ वटा देशमा ५० हजार भन्दा धेरै सङ्क्रमित पुगेका छन् । विश्वका १० वटा देशले कोरोनाको सक्रिय सङ्क्रमित संख्या शून्यमा झारेर कोरोना मुक्त भैसकेका छन् ।
 

Last modified on 2020-09-19 20:27:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts