भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ४ असोज । भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ९२ हजार ६ सय ५ जना थपिएसँगै संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको हो।

यस्तै, २४ घण्टामा १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ। भारतमा हाल १० लाख १० हजार ८ सय २४ सक्रिय संक्रमित छन् भने ४३ लाख ३ हजार ४४ जना निको भइसकेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts