अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण



Download our app to get more features
Spark_health_home

एजेन्सी, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ। ट्रम्पले केहीबेर अघि ट्वीट गर्दै आफू र श्रीमती मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन्। 

यसअघि उनले आफ्ना एक निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारेन्टाइनमा बसेको जनाएका थिए। उनका ३१ वर्षीया सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए। 

vayoda

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयरफोर्स वानमा उनीसँगै थिइन्। मंगलबार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।

बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा अझ नजिक देखिएकी थिइन्। बिहीबार राति ट्रम्पले ट्विटरमा हिक्सलाई कोरोना भएको उल्लेख गरेका थिए ।  

बिहीवार राति फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र श्रीमती ट्रम्पले ‘धेरै समय होपसँग बिताउने गरेको’ बताएका थिए।

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts