कोरोना महामारीलाई लिएर चीनले दियो चेतावनीः आउने दिनमा अझ् भयावह अवस्था आउन सक्छ



Download our app to get more features
Spark_health_home

एजेन्सी, १८ कात्तिक । विश्वभर फैलिएको कोरोना महामारीका कारण १० महिनामा साढे ४ करोडभन्दा बढी संक्रमित भइसकेका छन् । यस अवस्थामा कतिपय मुलुकमा कोरोना नियन्त्रणमा आइसकेको छ भने कतिपय मुलुकमा दोहोर्याएर संक्रमण देखिन थालेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना महामारीलाई लिएर वैज्ञानिकहरुले विभिन्न चेतावनी दिँदै आएका छन् । वैज्ञानिकहरुले कोरोना महामारीको विषयमा पछिल्लो समय दोस्रो चरणको लहर सुरु हुन सक्ने र आउने समयमा संक्रमण दरमा फेरि वृद्धि हुन सक्ने चेतावनी दिएका छन् । 

vayoda

यसैबीच चीन सरकारका प्रमुख स्वास्थ्य सल्लाहकारले कोरोना महामारीलाई लिएर फेरि चेतावनी दिएका छन् । चीनमा कोरोना विरुद्धको लडाईंको नेतृत्व गरिरहेका डा. झोङ्ग नैन्शनले कोरोना महामारीको दोस्रो लहर आइसकेको र स्वास्थ्य संकट बढ्दै गएको बताए ।. 

डा. झोङ्गले चीनमा कोरोना भाइरसको दोस्रो चरणको लहर सुरु हुन सक्ने सम्भावना कम रहेको भन्दै चीन सरकारले कोरोनालाई नियन्त्रण गर्नका लागि पर्याप्त प्रणाली तयार गरिसकेको पनि उल्लेख गरे । 

डेली मेलको रिपोर्टका अनुसार डा.झोङ्गले जाडो मौसम आउनासथ महामारीको स्थिति झन् बिग्रिन सक्छ । जसले गर्दा कोरोनाको दर बढ्नुका साथै मृत्युदर पनि बढ्न सक्नेछ ।
 
डा.झोङ्गका अनुसार विभिन्न मुलुकमा कोरोना महामारीको दोस्रो लहर आइसकेको र कतिपय मुलुकमा कोरोनाको कहर अझै जारी रहेको बताए । तर, चीनलाई लिएर महामारी रोक्नका लागि अपनाइएको प्रणालीले गर्दा यहाँ दोस्रो लहर सुरु हुने संकेत छैन ।

पछिल्लो समय कोरोना महामारीको दोस्रो लहर सुरु भइसकेको छ । जसका कारण बेलायत र फ्रान्समा फेरि लकडाउन जारी गरिएको छ । किनकी युरोपिय मुलुकमा कोरोनाको संक्रमण दर वृद्धि भएको छ भने अमेरिकामा पनि कोरोनाको दर पछिल्लो समय बढ्न थालेको छ ।

डा.झोङ्गले जसरी युरोपिय मुलुकमा कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै आउने दिनमा संक्रमण दर कम भइसकेको मुलुकमा पनि दोहोर्याएर संक्रमण सुरु हुन सक्ने भएकाले सबै सचेत हुन आवश्यक रहेको बताए ।

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts