आइसोलेसन र क्वारेन्टिनको  संख्या बढाउने सीसीएमसीको निर्णय



Download our app to get more features

काठमाण्डौं, २५ साउन ।   क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले देशभर आइसोलेसन र क्वारेन्टिन अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ।

आइतबार बसेको सिसिएमसी बैठकले उपत्यकालगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको  भन्दै थप व्यवस्था गर्ने निर्णय गरेको हो।

स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय भएको छ । 

सरकारले तोकेका स्वास्थ्य प्रोटोकल प्रयोग नगर्दा संक्रमणको जोखिम सँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ। अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ।

 
 

Last modified on 2020-08-09 22:16:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts