बुटवलका ८० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु



Download our app to get more features

रुपन्देही, १५ असोज । रुपन्देहीका ८० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बुटवल उप महानगरपालिका ८ का ८० वर्षीया पुरुषमा गत असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई बुधवार साँझ साढे ६ बजे बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको बुधवार नै राति ११ः३५ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्या रहेको पनि अस्पतालले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts