३ महिनापछि ६ सयभन्दा कममा कोरोना संक्रमण, १ लाख १८ हजारभन्दा बढी स्वस्थ



Download our app to get more features

काठमाडौं, ११ कात्तिक । नेपालमा ३ महिनापछि ६ सयभन्दा कममा कोरोना पोजेटिभ देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा २ हजार ७ सय २५ पिसिआर परीक्षण गरिएकोमा २ सय ११ जना महिला र ३ सय ५९ जना पुरुष गरि ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६८ जना कोरोना संक्रमण पछि निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख १८ हजार ८ सय ४३ पुगेको छ । यो दर कुल संक्रमितको ७४ दशमलव १ प्रतिशत हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts