कोरोना विरुद्धको खोपको दौडमा सबैभन्दा अगाडी चीन !



Download our app to get more features

एजेन्सी, ११ कात्तिक । विश्वभर फैलिएको नोवेल कोरोना भाइरसका कारण हालसम्म कुनैपनि खोप वा औषधिको विकास भएको छैन । कोरोना महामारीको प्रकोपमा पुरै विश्व आइसकेको अवस्थामा यसको खोपको सबैलाई प्रतिक्षा छ ।

विश्वका विभिन्न वैज्ञानिकहरुका अनुसार यो वर्षको अन्त्यसम्म वा आउने वर्षको सुरुवातसम्म कोरोना विरुद्धको खोप आइसक्छ । तर, खोपको परीक्षणमा साइड इफेक्टका कारण पटकपटक मानिसहरुलाई निराशा हुनु परिरहेको छ । अक्सफोर्ड र जनसन एन्ड जनसन कम्पनीको कोरोना विरुद्धको खोपमा साइड इफेक्ट देखिएको छ । जसमा अक्सफर्डको खोपले एक जना स्वयंसेवीको मृत्यु भइसकेको छ भन जनसन एण्ड जनसनको खोप परीक्षण नै बन्द गरिएको छ ।
 
विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार पुरै विश्वमा अहिले १ सय ५४ कोरोना विरुद्धको खोप परीक्षण जारी छ । जसमध्ये ४४ खोप मानव परीक्षणसम्म पुगेको छ । मानव परीक्षणमा नै कुनै राम्रो खोपको प्रभावकारिता र सुरक्षाको जाँच गरिन्छ । तर, आधिकारिक रूपले मानिससम्म खोप पुर्याउनका लागि दुई चरण हुने गर्छ ।
 
खोपको दौडमा चीनको तीन कम्पनी सबैभन्दा अगाडी छ । चीनको सिनोभ्याक, सिनोफार्म (वुहान) र सिनोफार्म (बेइजिंग) तीनै कम्पनीको खोप परीक्षण तेस्रो चरणमा रहेको छ । यसमा दई कम्पनीले त चीनका सबै कर्मचारी र हेल्थ केयर वर्कर्सलाई जुलाईमा नै खोप दिन सुरु गरिसकेको छ । तर, यी तीन कम्पनीका खोपको कुनैपनि साइड इफेक्ट हालसम्म देखिएको छैन । 

समाचार संस्था रोयटर्सका अनुसार चीनको खोप बाहेक अक्सफोर्ड–एस्ट्राजेनेका (ब्रिटेन), मोडर्ना (अमेरिका,) क्यानिसिनो बायोलोजिकल (चीन), जनसन एन्ड जनसन (अमेरिका) र नोवाभ्याक्सन (अमेरिका) द्वारा विकसित खोप पनि क्लीनिकल परीक्ष्णको तेस्रो चरणमा रहेको छ ।

कोरोना भाइरसको खोप बनाउने रूस विश्वकै पहिलो मुलुक हो । राष्ट्रपति भ्लादिमिर पुटिन र उनका सम्पूर्ण वरिष्ठ अधिकारीहरुले खोप बनाउने दावी गर्दै आएको छ । अमेरिका, चीन र भारत समेत विभिन्न मुलुकहरुले रूसको खोपमाथि विश्वास गर्न सकेको छैन । रूसले स्पुतनिक भी खोपले सबै चरणको परीक्षणमा सफल भएको र मानिसको इम्यूनमाथि राम्रो नतिजा देखाएको दावी गर्दै आएको छ ।
 
ज्हाफी (चीन), इनोवायो फार्मास्यूटिकल कम्पनी (अमेरिका), मर्क एन्ड कम्पनी (अमेरिका) सनोफी (फ्रान्स) र ग्ल्याक्सोमिथक्लाइन (ब्रिटिश) को साझा सहयोगबाट विकसित भइरहेको खोपको परीक्षण अहिले दोस्रे चरणमा छ । जसके राम्रो नतिजाको आशा गरिँदैछ ।
 
क्लिनिकल परीक्षणको तेस्रो चरण पूरा भएपछि खोपको इमरजेन्सी अथोराइजेशन लिनु पर्छ । यस अवस्थामा कोभिड १९ को गम्भीर रूपले बिरामी भएका मानिसलाई आपातकालिन स्थितिमा खोप दिनका लागि अनुमति दिनु पर्ने हुनेछ । त्यसको साइड इफेक्ट वा इम्यूनमाथि राम्रो रिस्पन्सको पूरै डेटा लिस्ट तयार गरिनेछ । त्यसपछि खन्तिममा खोपको निर्माता कम्पनिहरुलाई अन्तिम अप्रुभल लिनु पर्ने छ । त्यसपछि खोप सामान्य बिरामीका लागि उपलब्ध हुने छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts